काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टी भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, जहाजमा ५३ बेलायती नागरिकसहित १६९ जना भारतीय, पोर्चुगलका ७ जना र १ जना क्यानेडियन सवार थिए ।
भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार रहेको बुझिएको छ ।