काठमाडौँ – प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने प्रतिपक्षीको अडान कायमै भएपछि बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आज प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् ।
प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा देखिएको बिबाद समाधानका लागि भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको जानकारी आएको भन्दै उनले आधा घण्टाका लागि बैठक स्थगित गरे ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ ।