काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालले साइबर अपराध र सुरक्षासम्बन्धी बढ्दो चुनौतीलाई मध्यनजर गर्दै मंगलबार ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।


ADVERTISEMENT


कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, सूचना प्रविधि विज्ञहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उनले साइबर आक्रमणका वर्तमान प्रवृत्ति, जोखिम र तिनको रोकथाममा अपनाइन सक्ने रणनीतिबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि विभाग प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राई तथा प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभाग तथा महाशाखाका उच्च प्रहरी अधिकारीहरूको उपस्थिति थियो।

जेनिस सोलुसनका वरिष्ठ निर्देशक तथा आईटी इन्जिनियरहरू अमित जोशी, शरद बन्जरा, निर्वान पाल र सम्पन्न श्रेष्ठ लगायतको प्राविधिक टोलीले पनि साइबर सुरक्षाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, प्रविधि र रणनीतिबारे सहभागितामूलक छलफल गरेका थिए।

नेपालसहित ११ देशमा सेवा प्रदान गरिरहेको जेनिस सोलुसनसँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमलाई हाल बढ्दो साइबर अपराधको पृष्ठभूमिमा एक सकारात्मक र समयसापेक्ष पहलको रूपमा हेरिएको छ।

उक्त कार्यक्रम जेनिस सोलुसनका प्रमुख अन्जनी फुँयाल, जो नेपाली मूलका बेलायती नागरिक हुन्, को नेतृत्वमा सम्पन्न भएको थियो।