काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको अन्तिम खेलमा नेनेपालले नेदरल्याण्ड्सलाई २३७ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । त्यसक्रममा उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५/३५ रन जोडे । यस्तै कुशल भुर्तेलले १८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १६ रनमा आउट भए । करण केसी र बासिर अहमदले ११–११ रन जोडे । पीचमा अवैधानिक रुपमा हिंडेपछि बासिरले १० रन पेनाल्टी सजाय पाए । जसका कारण नेदरल्याण्ड्सको इनिङ पहिलो बल नखेल्दै १० रनबाट सुरु हुनेछ ।

बलिङतर्फ नेदरल्याण्ड्सका पउल भान मीकीरनले ४ विकेट लिए भने माइकल लेभिटका नाममा ३ विकेट रह्यो । यस्तै आर्यान दत्तले १ विकेट हात पारे ।

नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा ५ विकेटको रोमाञ्चक जित हात पारेको नेपाल दोस्रो जित निकाल्ने दाउमा रहेको छ भने नेदरल्याण्ड्स यसअघिको हारको बदला लिने ध्याउन्नमा रहेको छ ।