काठमाडौं–तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो ।


ADVERTISEMENT


तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्याधिक जाम हुँदा एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् । जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ ।


ADVERTISEMENT

# # #


एम्बुलेन्स साइरन बजाउँदा समेत ट्राफिक जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ ।

तीनकुने सूर्यविनायक सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्दैनन् । कोटेश्वरबाट चक्रपथ जानुपर्ने सवारी साधन जडिबुटीमै रोकिन्छन् ।–आजको नेपाल समाचारपत्रबाट