काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन डाकेको बैठक निस्कर्षविहिन रुपमा टुंगिएको छ ।


ADVERTISEMENT


भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि सभामुखले छलफल थालेका थिए ।


ADVERTISEMENT

# # #


तर, गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको हो ।

सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए ।