काठमाडौँ– एनआईसी एशिया बैंकले मकवानपुरको मनहरिमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


मकवानपुरको मनहरि गाउँपालिका-७ मनहरिमा विस्तार भएको उक्त शाखाको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरेका हुन् । शाखा सञ्चालन, पूँजी संरचना, वासलातको आकार तथा ग्राहक संख्याको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रमध्येको अग्रणी बैँक हो । मनहरि शाखाको उद्घाटनसंगै बैंकले देशभर १८० शाखा कार्यालय, १८३ एटिएम एवम् चार एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।


ADVERTISEMENT

# # #


बैँकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अघि सारेको छ ।