काठमाडौँ – राजावादी समूहले काठमाडौँ उपत्यका बन्द फिर्ता लिएको छ । आइतबार राजावादीको ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले जेठ १९ गते (भोलि) उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
तर, आइतबार राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत रिहा भइसकेको भन्दै समूहले आन्दोलन फिर्ता लिएको बताएका हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने उपत्यका बन्दलाई समर्थन नगरेपछि राजावादी समूह दबाबमा थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार राती नै बन्दमा राप्रपाको समर्थन नरहेको बताएका थिए ।