काठमाडौँ – राजसंस्था पुनर्स्थानाको माग राख्दै आइरहेको राजावादी समूहले भोली (सोमबार) काठमाडौा उपत्यका बन्द गर्ने घोषणा गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै राजावादीको ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले जेठ १९ गते (भोलि) उपत्यका बन्द गर्ने घोषणा गरेका हुन् ।
आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको बताउँदै उनल बन्दको बेला चोक–चोकमा बसेर सहयोग गर्न समेत आन्दोलनकर्तालाई आह्वान गरेका छन् । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं ।’ उनले भनेका छन्, ‘उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।’
साथै उनले आइतबार काठमाडौँको नक्सालमा प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंहलाई पक्राउ गरिएको घटनाको समेत विरोध गरेको छ ।
पक्राउ परेका उनीहरुलाई यथाशीघ्र रिहा गर्न समेत भनिएको छ ।