काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरी तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । प्रचण्डले राजावादीहरुले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको भएको जिकिर गरे । ‘राजावादीहरु पैसाका बलमा भाडाका मान्छेहरु ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफ्रार्ने गरेको मैँले देखिराखेको छु । त्यसकारण हामी जाइलाग्ने होइन, उनीहरुको सभामा, आन्दोलनमा हामीले गएर आक्रमण गर्ने भनेको छैन ।’ उनले भने, ‘तर, उनीहरु छाडा भएका छन् र हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि आइलागे भने त्यसको इटको जवाफ पत्थरले दिने गरी तयारी गर्नैपर्छ ।’

माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरी राजावादीले कुप्रचार गरिरहेको उनले बताए । त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्ष गर्दै गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरे ।

उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए । प्रचण्डले आफूहरुको अभियान फेरी सुरु हुने र जनतासंग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर गरे ।