काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए । उनले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ ।
कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनले सुझाव थियो । त्यसतै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए । पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड थियो ।
मन्त्री पौडेलले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताउदै पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका अन्य नेताहरुले आ—आफ्नो धारणा राखेका थिए ।