काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन् । उनले गभर्नर नियुक्ति सम्बन्धमा छलफलका लागि बैठक डाकेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै ६ बजे प्रधानमन्त्रीले क्याविनेट पनि राखेका छन् । उक्त बैठकले गर्भनर नियुक्ति गर्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य छन् ।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् ।