काठमाडौं – राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।
स्रोतका अनुसार, रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् । यससंगै आज पनि उनीहरुको सुनुवाइ स्थगित भएको छ ।
उक्त रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो ।
यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनुवाइ भएको छ ।