संखुवासभा– संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाडा स्थित चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।


ADVERTISEMENT


वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै चट्याङ लागेर ४२ वर्षीया कल्पना तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङ घाइते भएका छन् । उनीहरु हाल जिल्ला अस्पताल खाँदबारीमा उपचारार्थ छन् ।

डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो भने घाईते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको छ ।