काठमाडौँ– नेपाली कांग्रेसले आतंकवादको खिलापमा हुने कारवाही जायज भएको निस्कर्ष निकालेको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले भारत–पाकिस्तावबीचको तनावका बारेमा छलफल गर्दै आतंकवादको खिलापमा हुने कारवाही जायज भएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले आतंकवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा आफुहरु रहेको जिकिर गरे । महतले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको भन्दै दुई देशबीचको तनाव युद्धको रुपमा परिणत नहोस् र शान्ति बहाल होस भन्ने पक्षमा रहेको बताए ।

बैठकले संक्रमणकालीन न्यायसंग सम्बन्धी आयोगको संरचनालाई पूर्ण बनाएर यसलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए । संक्रमणकालीन न्यायसंग सम्बन्धी विषयलाई निष्पक्ष ढंगले निष्कर्षमा पुर्‍याउने गरि आयोग अघि बढ्नुपर्ने निष्कर्ष रहेको उनले जनाए ।

त्यस्तै संवैधानिक संरचनामा छिटो भन्दा छिटो पदाधिकारी नियुक्त गर्नुपर्नेमा बैठकले जोड दिएको महतले जानकारी दिए । बैठकमा गभर्नरको बिषयमा पनि छलफल भएको र पार्टी सभापतिले छिटै यस बिषयमा निर्णय हुने जानकारी गराएको प्रवक्ता महतले बताए । त्यस्तै उनले शिक्षा विधेयकलाई सवैको भावना समेटने गरि अघि बढाउनुपर्ने बिषयमा पनि छलफल भएको उल्लेख गरे ।