काठमाडौं – काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT


जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार १७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । जसअनुसार कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध समेत मसद्दा दर्ता गराएको छ ।


ADVERTISEMENT

# # #


महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

को-को विरुद्ध भयो मुद्दा दायर ? 

१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी (ना.प्र.नं.६५४७–०२६–५१४५१).
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)