काठमाडौँ–  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।


ADVERTISEMENT

# # #


अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।