काठमाडौँ– कोशी प्रदेशसभाको सातौं अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ ।
बुधबार विराटनगरमा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
यस्तै बैठकले स्थानीय सरकार सेवा गठन तथा सञ्चालन नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ भने कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्विकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए ।
साथै वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको उहाले बताए ।