काठमाडौँ– गृहमन्त्री रमेश लेखकले बैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा बिषयमा जवाफ दिने भएका छन् ।


ADVERTISEMENT


रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते बस्ने बैठकमा सो घटनाका बिषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तर उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराएका थिए । गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरु बसेका थिए ।