काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले स्पट फिक्सिङको आरोवमा प्रतिबन्धमा परेको नेपाली क्रिकेटर मोहम्म आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ । आदिलमाथिको अनुसन्धान प्रतिवेदनको आधारमा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
लामाका अनुसार वैशाख २१ देखि लागू हुने गरी आदिलको प्रतिबन्ध फकुवा गरएको हो । उनी अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खेल खेल्न पाउने भएका छन् ।
२०७९ पुस ९ गतेदेखि पुस २७ गतेसम्म काठमाडौँमा भएको नेपाल टी–२० लिगका क्रममा आदिलले स्पट फिक्सिङ गरेको आरोप लागेपछि क्यानले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो ।
उनलाई अनुसन्धान गर्न भन्दै पक्राउ समेत गरिएको थियो । तर, काठमाडौँ जिल्ला अदालतले आदिलमाथिको आरोप पुष्टी नभएको भन्दै धरौटीमा रिहा गरेको थियो । तर, क्यानको सिफारिसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध गरेकाले आईसीसीले पनि छुट्टै अनुसन्धान गरेको थियो ।
त्यसबाट पनि उनीमाथिको आरोप पुष्टी हुने आधार नदेखिएपछि क्यानको सहकार्यमा आईसीसीले प्रतिबन्ध फकाएको हो । यससँगै अलराउण्डरका रुपमा चिनिने आदिलको अब नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ ।