चितवन– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मींसंग कुरा गर्दै मन्त्री पौडेलले सरकारले बिमाको रकम छिटो फरफारक गर्ने भन्दै कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण नहुने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


आइतबार मात्रै बिमा वापतको झण्डै चार अर्ब रकम अस्पालमा पठाइएको उनले बताए । उनले छिट्टै त्यति नै रकम छिटै अस्पतालमा पठाउने तयारी गरिएको जानकारी दिए । नेपालको सवै स्वास्थ्य सेवा बिमालाई एकीकृत ढंगले अघि बढाउनुपर्ने उनको भनाई छ ।

मन्त्री पौडेलले बीमा प्रणालीलाई थप व्यवस्थीत गर्दै अघि बढाउने जिकिर गरे ।