भक्तपुर– भक्तपुरको काठमाडौं वर्ल्ड स्कुलबाट कक्षा १२ को परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको सूचनापछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले संयुक्त अनुसन्धान सुरु गरेका छन्।
प्रश्नपत्र लिक भएको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालको टोलीले परीक्षा केन्द्र चानक्य कलेजमा अनुगमन गर्दै विद्यार्थीका मोबाइल जफत गरेको छ। प्रहरी र एनइबीको आईटी टोलीसहितको अनुसन्धान समिति बनाइएको छ।
शिक्षा पत्रकार मकर श्रेष्ठले एक छात्राको मोबाइलमा प्रश्नपत्र आएको भन्दै सार्वजनिक गरेपछि प्रकरण सार्वजनिक भएको हो। अघिल्लो वर्ष पनि यस्तै घटना भए पनि यसपटक प्रशासनले सक्रियता देखाएको छ। परीक्षार्थीहरूलाई परीक्षा सकिएपनि केन्द्रमै रोकिएको छ।
अनुसन्धान जारी छ।