चित्लाङ्ग– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिनसक्ने बनाउनुपर्नेमा नेता बानियाँको जोड थियो ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा स्वर्गीय शालिकराम मानन्धर र तेजबहादुर केसीको स्मृतिमा भएको प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले खेलकुद क्षेत्र मुलुकको सान भएको भन्दै यसमा प्रयाप्त बजेट छुट्याउन पहल गरिने प्रतिवद्धता पनि जनाए ।

भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारिरीक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।

प्रतियोगिताको उपाधि हेटौंडाको छहारी युवा समाजले प्राप्त गरेको छ । फाइनल खेलमा आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधि हात पारेको हो ।

छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षता तथा प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।