काठमाडौँ – सांसदहरुले संघीय संसदको संघीय संसद्को हिउँदे अधिवेशन विधेयक निर्माणका हिसावले सफल भएको बताएका छन् ।
अधिवेशन अन्त्य भएपछि मंगलबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै उनीहरुले हिउँदे अधिवेशन विभिन्न घटनाक्रम भएपनि विधेयक निर्माणका हिसावले सफल भएको बताएका हुन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयक पारित भएको भन्दै बिगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको उल्लेख गरे । यसबीचमा विषयगत समितिलेहरुले पनि गम्भीरतापूर्वक काम गरेको र सरकारले समेत महत्वपूर्ण विधेयकहरु प्रस्तुत गरेको उनले बताए ।
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले संसदको विधेयक अधिवेशनमा २१ वटा कानून निर्माण गर्ने प्रतिवद्धता गरेको भन्दै त्यसमध्ये महत्वपूर्ण विधेयक अघि बढेको बताए । सदन धेरै दिन बन्द गर्ने परिपार्टी अन्त्य भएको र राजनीतिक स्थायित्वका लागि दलहरु गम्भीर देखिएको उनले बताए । उनले सरकारको कामकारवाहीमा चित्त नबुझेको भन्दै गति बढाउनुपर्ने देखिएको धारणा राखे ।
त्यस्तै रास्वपा सांसद सोबिता गौतमले हिउँदे अधिवेशन निकै चूनौतिपूर्ण देखिए पनि विधेयकहरु अघि बढ्न सफल भएको बताइन् । उनले सदनको कामकारवाही नियन्त्रणमूखी देखिएको टिप्पणी गरिन् ।
हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको २७ वटा बैठक बसेको थियो । अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन रहेका छन् । त्यस्तै ३ वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत मात्रै भएका छन् । त्यस्तै राष्ट्रियसभाबाट प्राप्त ७ वटा विधेयकमध्ये ४ वटा विधेयकलाई पारित गरि प्रतिनिधिसभाले राष्ट्रियसभा फिर्ता पठाएको छ ।