काठमाडौँ– कुलमान प्रकरणमा विपक्षीले लगातार सदन अवरुद्ध गरेपछि सत्तापक्ष सांसद आक्रोशित भएका छन् ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुने बितिकै कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । प्रधानमन्त्रीले सोमबारको बैठकमा जवाफ दिने तय भइसकेपछि पनि बिपक्षीले सदनमा अवरोध सिर्जना गरेको भन्दै सत्तापक्ष सांसदहरु आक्रोशित भएका थिए ।


ADVERTISEMENT

# # #


सो क्रममा विपक्षी र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो । त्यस्तै सत्तापक्ष सांसदहरुले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए । दुईपक्षबीच अहसज अवस्था सिर्जना हुने देखिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसैबीच आइतबार संसद भवनमा पत्रकारहरुलाई समेत कडाइ गरेको छ भने संसदको प्रत्यक्ष प्रसारण समेत भएन् ।