काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए ।


ADVERTISEMENT

# # #


‘नियुक्त भएको ६ महिना नबित्दै मलाई पदबाट हटाइएको थियो । न्यायका लागि साढे तीन वर्ष अदालतको ढोका ढक्क्याउँदा पनि न्याय पाइनँ भन्ने अवस्था रहेकोमा नेपाल सरकारले मलाई यो जिम्मेवारीमा नियुक्त गर्दा मैँले न्याय पाएँ भन्ने लागेको छ ।’ उनले भने, ‘मेरो ३३ वर्षको अनुभव र विद्युत उर्जा प्रशारण वितरण क्षेत्रमा मैँले गरेको प्राविधिक, व्यवस्थापकीय अनुभव र दक्ष्ताले देखेका कुराहरु र ४ वर्ष अघि गर्न खोजेको कुराहरु अब फेरि सुरुवात गर्नेछु ।’

उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी गरे ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।