काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् । प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रीत र सक्रिय रहेको उनले जनाए ।


ADVERTISEMENT

# # #


देशी–विदेशी तत्व सरकारलाई बद्नाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रीत भएको उल्लेख गरे ।

४६ सालको परिवर्तन पछि तीव्र बिकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफु सरकारमा रहदा उल्लेखीय रुपमा विकासका काम भएको दाबी गरे । त्यस्तै उनलेले देशको विकासमा इन्जिनियर्सको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।