दैलेख– दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण शिलान्यास भएको छ ।
भारतीय सहयोगमा बन्न लागेको उक्त भवन सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, काठमाण्डौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गरे ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ३.९ करोड परियोजना लागतमा भवन निर्माण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
जसअनुसार साढे तीन तले भवन निर्माण हुनेछ भने जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको र दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन हुने दूतावासले जनाएको छ ।