काठमाडौँ – राष्ट्रियसभा सदस्यहरुले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले उच्चस्तरीय समिति गठन गरेर उक्त घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।


ADVERTISEMENT


सांसद घनश्याम रिजालले उक्त घटनाले झन्डै ६० लाख दलित समुदायको अपमान भएको भन्दै छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे । उनले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गर्न नसकेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए ।


ADVERTISEMENT

# # #


त्यस्तै सांसद विष्णुदेवी पुडासैनीले संविधानमा उल्लेख हक अधिकार विपरित महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक काम भएको बताए । उनले सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन्।

त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्माले उक्त घटनामा पालिका अध्यक्षलाई तत्काल पदबाट हटाएर बजरङ्गी बाबालाई पक्राउ गर्न माग गरे । त्यस्तै अन्य सांसदहरुले पनि दलित समुदायमाथि ज्यादती गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका थिए ।