काठमाडौँ– नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै निधिले पूर्वराजालाई जनताले सम्मान दिएको भन्दै जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका हुन् । गणतन्त्रको जग बलियो भएकाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उनले बताए ।
उनले गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारे । निधिले देशको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए ।
त्यस्तै उनले संघीयताको सफल कार्यान्वयनका लागि सातवटै प्रदेशलाई आफ्नै प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्ने धारणा राखे ।