काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरूमा चितवनको भरतपुर–१७ घर भई ललितपुर–१४ बस्ने अंगद कुमार जोशी, गोरखाको बारपाक सुलिकोट–४ घर भई काठमाडौं–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी–१ घर भई काठमाडौं–३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ सम्पर्कविहीन भएका थिए ।

यस्तै नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जसक्रममा अंगदलाई काठमाडौं नागार्जुन नगरपालिका–१ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौं महानगरपालिका–१२ बाट र नर मायालाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।