काठमाडौँ – नेपाली यू–१९ क्रिकेट टोली र टेस्ट राष्ट्र अफगानिस्तानको यू–१९ टोलीबीच क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।


ADVERTISEMENT


क्यानका अनुसार नेपाल र अफगानिस्तानको युवा टोलीबीच आगामी ३ अप्रिलदेखि ९ अप्रिलसम्म काठमाडौँमा ३ वटा युवा एकदिवसीय खेल हुनेछन् । जस अनुसार पहिलो खेल ३ अप्रिलमा हुनेछ भने दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ ।


ADVERTISEMENT

# # #


सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । दुवै टोलीले आगामी अप्रिल  दोस्रो हप्तामा काठमाडौँमा हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका लागि सिरिज खेल्न लागेका हुन् ।

May be an image of text that says 'CAN AFGHANISTAN TOUR OF NEPAL AFG U19 vs 1ST YODI NEP U19 2ND YODI 3 APRI 3APRITHU THU 6 APR PRISUN SUN MULPANI 3RD YODI 9 APR WED MULPANI MULPANI 3 APR- - APR 2025 MULPANI CRICKET GROUND #NEPALCRICKET'