काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको जिकिर बताएका छन् ।
सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससंग छलफल गरेपनि संसदमा लैजाँदा पार्टिहरुबिचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताएका हुन् ।
विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत दाबी गरे । नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलयामान बन्दै गईरहेको दाबी गरे । अहिलेको अवस्थामा ५५ वटा बिभाग निर्माण गरि ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भईरहेको उनले बताए ।
कांग्रेसको महाधिवेशन सम्बन्धी सञ्चारकर्मीहरुको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेश हुने बताउँदै अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गरे ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडि तथा वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको बताए ।