काठमाडौं – काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । उपाधि भिडन्तका लागि दशररथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा घरेलू टोली नेपाल र म्यानमारले कुनै गोल गर्न नसकेका हुन् ।


ADVERTISEMENT


दुवै टोलीले केही मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् । नेपालका लागि खेलको ३५औं र ४३औं मिनेटमा सावित्रा भण्डारी साम्बा र रेखा पौडेल गोलको अवसर पाएका थिए ।


ADVERTISEMENT

# # #


२४औं मिनेटमा म्यानमारले गोल गर्ने मौका पाएको थियो । तर, नेपाली डिफेन्डर विमला विकले तयसलाई सफल हुन दिइनन् ।