काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार काठमाडौँमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरु पारित गरेको छ ।


ADVERTISEMENT


जस अनुसार सभाले आर्थिक वर्ष २०७७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको १४ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT

# # #


बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुनेछ । उक्त वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरेको छ भने आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।