काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको बताएका छन् ।


ADVERTISEMENT


‘हामीलाई हाम्रो देश तिमीहरुको भन्दा राम्रो छ भन्ने अनुभूति दिलाएकोमा धन्यवाद’, उनले लेखेका छन्, ‘हाम्रा नागरिकले देश छोड्दैछन् किनकी हामी गरिब छौं । तिमीहरू गरिब छौं किनकी तिम्रा मानिसहरूले तिम्रो देश बनाउन सक्दैनन् । तिमी अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ ।’


ADVERTISEMENT

# # #


उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा (डिभी) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’