काठमाडौँ – गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति कायम गर्ने बताएका छन् ।
बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने बताए ।
उनले केही दिनमा नै दुईदलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थीतिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे ।
अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, बिकास र समृद्धिको उदेश्य पुरा गर्नका लागि गठन भएको उनको भनाइ छ । उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे ।