काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने वा नलिने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन् ।
सोमबार बिराटनगरमा सञ्चारकमीसंग कुरा गर्दै भण्डारीले आफु दलको नेतृत्व गरेर राजनीति गर्न तयार भइनसकेको र त्यस्तो कुनै निर्णय समेत नगरेको बताएका हुन् । उनले आफू पहिले एमालेमै रहेको र फेरी पनि राजनीतिकमा फर्किने हो भने एमालेमा नै फर्किने बताए ।
पूर्व राष्ट्रपति भण्डारीले सदस्यता प्राप्तिका लागि एमालेमा कुनै निवेदन नदिएको समेत बताए । भण्डारीले राष्ट्रिय राजनीतिकबाट फरक नभएकाले त्यसमा चासो हुनु स्वभाविक भएको धारणा राखे । देशको स्थायीत्व, शान्ति, प्रगतीमा आफ्नो गहिरो चासो रहेको उनको भनाइ छ ।
भण्डारीले युवाहरुलाई नेपालमै कसरी रोकेर राख्ने र उनीहरूलाई रोजगार उपलब्ध गराउने विषयमा गम्भीर बहस र छलफलमा आफु जुटेको जानकारी दिए ।