खोटाङ– जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेर सञ्चालन गर्दै आएको सुभद्रा मदन ९सुभम० फाउण्डेशनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
यसअघि २०८० साल जेठ ७ गते बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान ९सिजप०, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगायतका संस्थाहरुले संयुक्त रुपमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले पनि राईले स्थापना गरेको शुभम फाउन्डेसनमा विद्यालयको प्रार्थनाको समयमा होस् वा अन्य समयमा सार्वजनिक रुपमा बालबालिकाको अगाडि अश्लिल हर्कत गर्ने, अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्ने पाइएको उल्लेख गरेको थियो ।
त्यस्तै विद्यालय हाताभित्रै जोसुकै व्यक्ति जुनसुकै बेला प्रवेश गर्न, डुल्न बालबालिकासँंग घुलमिल हुन सक्ने भएकाले त्यहाँका बालबालिका थप अन्य कुराहरुबाट समेत अत्यन्तै जोखिममा रहेको पूतिवेदनमा उल्लेख थियो ।
राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो । त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो ।
लगत्तै अनुसन्धान गरेर प्रहरीले राई विरुद्ध मुद्दा चलाएको थियो ।