रुपन्देही – रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिाछनेको आज रुपन्देही अदालतमा तेस्रो दिनको थुनछेक बहस सुरू भएको छ ।


ADVERTISEMENT


बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका लामिछानेको पक्षमामा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नछेक बहस सुरू गरेको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


५ नम्बर इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो ।

बुधवारदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश भएकाले उनी हिरासत बाहिरै बसेका छन् ।

बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्ने बताइएको छ ।