काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीले आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्ने गरी बैठक डाकेको हो ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।