काठमाडौँ–अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने ।


ADVERTISEMENT


तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उनी नेपाल–अमेरिका आउजाउ गरिरहन्छन्। नेपाली नागरिकको हैसियत पाए आफू जस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उहाँको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।

विदेशमा जुनसुकै पेसा–व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीहरुको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरुसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ ?’ अभियानका संयोजक वासु घिमिरे बताउँछन्। यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उनको तर्क छ ।

“एनआरएन नागरिकताले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो”, संयोजक घिमिरेले भने, “अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।”

वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उनको दाबी छ । यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरुसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताए ।