काठमाडौँ– राष्ट्रिय समता पार्टी नेपालले गढीमाई मन्दिरमा गरिएको तोडफोड गर्ने विरुद्ध तत्काल कारवाहीको माग राखेका छन् ।


ADVERTISEMENT


उनीहरुले गत शुक्रवार कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक समूह द्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डता विरुद्ध तत्काल कारवाही माग राख्दै गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय समता पार्टी नेपाल का राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव डा. अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्र बहादुर श्रेष्ठ सहितको टोलीले दोषीलाई यथाशीघ्र पहिचान गरी तत्काल कडा कानुनी कारवाही हुनुपर्ने जनाए ।

सिसिटिभी फुटेजमा देखिए अनुसार, गत बिहिवार राती १० बजे एक समूह चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसर भित्र पसेका थिए ।

सो क्रममा प्रहरीले देखपछि उक्त अपराधिक समूहले नगर प्रहरीलाई नै हातपात गर्नुका साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केहि अराजक जत्थाहरुका समूहले गढीमाई मन्दिर परिसर भित्र छिरी त्यहाँ रहेको दानपेटीका र पंखाहरु समेत तोडफोड गरि चरम उदण्डता गरेका थिए ।