काठमाडौं–पुतलीसडकस्थित सेयरमार्केट भवनमा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ । जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको एक/एक गरी सातवटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रण गरिएको थियो।


ADVERTISEMENT


भवनकौ चौंथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा आज बिहान करिब १० बजे आगलागी भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार आगो केहीबेर अघि नियन्त्रणमा आएको हो ।


ADVERTISEMENT

# # #


थोरै समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएका प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अहिले कमलपोखरी, सिंहदरबारलगायत क्षेत्रमा जाम भएको छ ।