काठमाडौँ– पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिाछाने पक्ष वकिलको बयान सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतस्थित जारी थुनछेक बहसमा लामिछाने पक्षको बयान सकिएको हो । पक्षमा पूर्वमहान्यायाधिवक्ताद्वय वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
बहसमा उनीहरुले रविलाई थुनामुक्त गराउनुपर्ने मागसहित बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुने बताइएको छ ।