काठमाडौँ – विश्वसनीय र निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै आइरहेको हिमालय पोष्ट डटकम नवौँ वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


लजिक मिडिया प्रा.लि.द्वारा २०७३ माघ १ गते देखि अनलाईन समाचार पत्रिकाका रूपमा सञ्चालनमा आएको हिमालय पोष्ट डटकमले आज ८ वर्ष पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


वार्षिकोत्सवको अवसरमा लजिक मिडिया प्रा.लि.का अध्यक्ष तथा हिमालय पोष्ट डटकमका सम्पादक लोमस चापागाईंले समस्त पाठक, विज्ञापनदाता, सहकर्मी, सल्लाहकार, शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

उनले पाठक, स्रोता र दर्शकको रुचि अनुसारका ताजा, विश्वसनीय र निष्पक्ष समाचार साम्रगी प्रस्तुत गर्दै वस्तुनिष्ठ पत्रकारिताको अभ्यासलाई हिमालय पोष्टले आगामी दिनमा अझ सशक्त रुपमा अघि बढाउने बताए ।

यस्तै लजिक मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक तथा हिमालय पोष्ट डटकमका समाचार सम्पादक मिलन भण्डारीले हिमालय पोष्टलाई समस्त पाठक, विज्ञापनदाता र शुभचिन्तकले आजसम्म दिएको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप साथ र हौसला प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।