काठमाडौं–नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते चुनाव हुने भएको छ । काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकले फागुन २१ गते पार्टी संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै दलका नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ ।


ADVERTISEMENT

# # #


यही २१ गते दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय लिइएको पार्टीका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले जानकारी दिए । चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरुमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे रहेका छन ।

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहेका छन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गरेका छन् ।

पार्टी भित्र महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत दलका नेता बनाउनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले निर्वाचनमा हार व्यहोरेकाले पनि सभापति देउवाले दलको नेतामा दावी गर्न नमिल्ने तर्क गर्दै आएका छन् ।

बैठकमा पार्टी नेतृत्वको सरकारले सिफारिस गरेको राष्ट्रिय सभा सदस्य मनोनित नगरेको भन्दै काँग्रेस नेताहरुले राष्ट्रपति विद्या भण्डारीको चर्र्को आलोचना गरेका थिए ।