काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए ।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि धेरै काम गरेको र इतिहासकै महत्वपूर्ण मानिएको ऊर्जा संकट समाधान भएको जिकिर गए ।

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएको बताए । अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरु कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको उनले बताए ।