काठमाडौं – गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् ।
पुष १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बेठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारीको नियुक्ति पुस १८ देखि लागू हुने छ । उनी आगामी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् । लामो समयदेखि वित्तीय संस्थामा अनुभव संगालेका अधिकारीको नेतृत्वमा फाइनान्सले थप उचाईं हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।