काठमाडौं–काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले विधान अनुमोदन गरेको हो । शनिबार बसेको संसदीय दलको बैठकले विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।


ADVERTISEMENT


यस्तै, काँग्रेस बैठकले कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


समितिमा नविन्न्द्राज जोशी र भीष्मराज आङदेम्बे सदस्य छन् । फागु्न २१ गते संसद बैठक आह्वान भएकाले त्यसअगावै दलको नेता चयन गर्ने काँग्रेसको तयारी छ ।

दलको नेतामा सभापति शरबहादुर देउवा महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले आकाँक्षा देखाएका छन् ।